
वीरगञ्ज, ६ भदौ । सिप्रदी ट्रेडिङ प्रालि (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक)ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ । अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहनेछ ।
अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ । अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन् ।
यस अटो शोमा प्रदर्शित इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के३, पञ्च इभी र टियागो इभी रहेका छन् । यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ, जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिनेछ ।
कार्यक्रम आयोजक प्राइम अटो ट्रेडर्स र सिप्रदी ट्रेडिङका अनुसार यो अटो शोले वीरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा इभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ ।









प्रतिक्रिया