७ असार २०८३, आइतबार

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, ६ भदौ । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा तीन करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत एक करोड ३३ लाख ८८ हजार रुपैयाँ, सम्पत्ति कर ४५ लाख ९९ हजार रुपैयाँ, घरबहाल कर ६५ लाख २० हजार रुपैयाँ, बहाल बिटोरी कर १६ लाख ४५ हजार रुपैयाँ, व्यवसाय कर ४१ लाख १७ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफत बापत दुई लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा एक करोडले कम हो ।

आव २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख ८५ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोग बापत एक करोड १८ लाख ७५ हजार रुपैयाँ, घरबहाल कर ५० लाख ६५ हजार रुपैयाँ, सिफारिस दस्तुर ३३ लाख ४० हजार रुपैयाँ, बहाल बिटोरी कर १८ लाख ७८ हजार रुपैयाँ, व्यवसाय कर ४१ लाख २१ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबापत पाँच लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।