३० जेष्ठ २०८३, शनिबार

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसको प्रभावले हाल देशका पहाडी भू–भागमा साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।