
काठमाडौं, ५ भदौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ ।
हस्पिटलसँगको सहकार्यले त्यस क्षेत्रमा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।









प्रतिक्रिया