१९ असार २०८३, शुक्रबार

हृदयघातबाट राउटे समुदायका ज्येष्ठ सदस्य शाहीको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, ५ भदौ । राउटे समुदायका ज्येष्ठ सदस्य नन्दाराम शाहीको निधन भएको छ ।

उनको आज ७५ वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातबाट मृत्यु भएको हो । कही समयदेखि उनीसहित समुदाय सुर्खेतको लेकबेशी नगरपालिका–१० झुप्राखोला जंगलमा बस्दै आएको थियो ।

मृतक नन्दाराम शाहीको पत्नीको एक वर्षअघि मात्र मृत्यु भएको थियो । श्रीमती गुमाएका शाही पछिल्लो समय कमजोर बन्दै गएका थिए । मृतक शाहीका ४५ वर्षीय छोरी बहिरा शाही र ज्वाइँ चन्द्रमान शाही छन् । उनका नाति नातिना ७ जना रहेका छन् ।

शाहीको निधनपछि राउटे समुदायको संख्या घटेर १ सय ३५ पुगेको छ ।