१२ असार २०८३, शुक्रबार

तीन संसदीय समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दैछ ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।