१२ असार २०८३, शुक्रबार

एक महिनामा वार्षिक लक्ष्यको ६.८५ प्रतिशत राजस्व सङ्कलन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ५ भदौ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो ।

कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए ।

“साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने । यसमा आयकरबाट सात करोड ८३ लाख ६२ हजार रुपैयाँ, ब्याजबापत एक करोड ५१ लाख ६१ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबाफत १४ करोड ४५ हजार रुपैयाँ र अन्तःशुल्कबापत छ करोड ८३ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

गत आव २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताए ।