२७ जेष्ठ २०८३, बुधबार

नाडा अटो शोका लागि सेरेसको ‘३एक्स’ अफर सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष ३एक्स अफर ल्याएको छ । ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउने कम्पनीले जनाएको छ ।

यस ३एक्स अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्ः ३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ, ३ गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ ।

ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुने कम्पनीको भनाइ छ ।

सेरेस स्टलमा आगन्तुकहरूले सेरेस एसयुभी हेर्न पाउनेछन् । आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको सेरेस घ नयाँ ईभी हो । आजका चालकका लागि तयार गरिएको हो सेरेस ३ भविष्यको मोबिलिटीको प्रतिक पनि हो । सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ । यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो । यस उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गर्न र अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिन कम्पनीले अनुरोध गरेको छ ।