१६ असार २०८३, मंगलबार

मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा ४ लाख ४ सय ४ कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आह्वान गरेको छ ।

जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ताको न्यूनतम मूल्य ३०० रुपैयाँ र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ०६५ कित्ताको न्यूनतम मूल्य ३७५ रुपैयाँ र न्यूनतम आवेदन ५ हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ताको न्यूनतम मूल्य ३३० रुपैयाँ र न्यूनतम आवेदन १ हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ताको न्यूनतम मूल्य १०० रुपैयाँ र न्यूनतम आवेदन १ हजार ३१५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन् ।

इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले तोकिएको शर्तका अधिनमा रही शिलबन्दी फाराम १०० रुपैयाँ तिरेर मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी भदौ २४ गते अपरान्ह ३ बजेभित्र बुझाउनुपर्नेछ ।

प्राप्त बोलपत्रहरु भदौ २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ । यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ । मुक्तिनाथ क्यापिटलले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्नेछ ।