३० जेष्ठ २०८३, शनिबार

मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्या छ भनेर जे पनि गर्न नपाइने बताएका छन् ।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरा ध्यान दिनुपर्ने बताएका हुन् ।

‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं। प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन, थापाले भने, ‘संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संख्या भएपछि सरकार बन्छ। बहुमत भएपछि निर्णय गर्ने कुरा वैधानिक हुन्छ। तर आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन, निर्णय गरियो संख्याका आधारमा वैधानिक हुन्छ, सबैले स्वीकारे भने त्यो वैध हुन्छ।’