१५ असार २०८३, सोमबार

यामाहाद्वारा नाडा अटो शोमा एमटी–१५ भीटू र एफजेट–एस भी३ डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ । एमटी–१५ भीटू अब “आईसीई स्ट्रुम” र “भीभीड भ्वाइलेट मेटालिंक” भेरियन्टहरू उपलब्ध छ भने एफजेट–एस भी३ डीएलएक्स “आईसीई फ्लू भर्मिलियन”मा देख्न सकिन्छ । यो बहुप्रतीक्षित अनावरण भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. टीडब्लू१)मा भएको थियो जुन यस मेलाको एक उत्साहजनक एवम् मुख्य आकर्षणको क्षण बन्यो ।

उद्घाटन कार्यक्रममा यामाहाको इनोभेसन, पर्फर्मेन्स र स्टाइलप्रतिको निरन्तरको प्रतिबद्धताको संकेत स्वरूप एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिति रहेको थियो ।

एमटी–१५ भीटू का आईसीई स्ट्रुम र भीभीड भ्वाइलेट मेटालिंक भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छ भने एफजेट–एस भी३ डीएलएक्सको आईसीई फ्लू भर्मिलियन भेरियन्टले यामाहाको प्रसिद्ध एफजेट सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ ।

कम्पनीका अनुसार यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छ ।

कम्पनीका अनुसार यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउनुका साथै यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरको सिरिज अन्वेषण गर्दै निम्न विशेष नाडा अफरहरूको आनन्द लिन सक्छन्ः

–छानिएका मोडेलमा ७,००० रुपैयाँसम्म छुट
–मोटोजीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका
–एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने

यस नयाँ लन्चका बारेमा अध्यक्ष अग्रवालले भने, “नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुर्‍याउने उत्तम प्लेटफर्म हो । एमटी–१५ भीटू र एफजेट–एस भी३ डीएलएक्सका यी नयाँ भेरियन्टहरूले हाम्रो शैली र प्रदर्शनप्रतिको लगाव र यामाहाले सधैं प्रबर्धन गर्ने स्वतन्त्रताको भावना झल्काउँछन् ।”

आजदेखि सुरु भएको नाडा अटो शो भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । यामाहाले सबै मोटरसाइकल प्रेमीहरूलाई यामाहा ब्लु च्याम्बर (स्टल नं. टीडब्लू१)मा भिजिट गर्न र आईसीई स्ट्रुम, भीभीड भ्वाइलेट मेटालिंक र आईसीई फ्लू भर्मिलियनलाई प्रत्यक्ष अवलोकन गर्न अनुरोध गरेको छ ।

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ । दैनिक प्रयोगका लागि स्कुटरदेखि रोमाञ्च चाहनेहरूका लागि बनाइएका मोटरसाइकलहरूसम्म, अतुलनीय मूल्य र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्न यामाहा सधैं प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।