२ असार २०८३, मंगलबार

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सिएफटी तालिम सम्पन्न

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ (एएमएल) तथा कमबेटिङ द फाइनान्सिङ अफ टरेरिजम (सिएफटी)सम्बन्धी विशेष तालिम नगरकोटस्थित रत्नागिरि रिर्सोटमा आयोजना गरेको छ ।

कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुवास भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्नसक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए । साथै, एएमएल/सिएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।

कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाईं तथा कम्पनीका अन्य पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।