
काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो । आकस्मिक रूपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन ।
यस्तै, सत्तारुढ कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । कांग्रेसले आफ्ना सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्न भनेको छ ।
प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ ।









प्रतिक्रिया