२८ जेष्ठ २०८३, बिहिबार

भदौ ११ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दीपुर केवलकार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदनकर्ताले आस्वा सदस्य बैंक तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

यो आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो, जसको बाँडफाँड भइसकेको छ । कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको स्वीकृति पाएको हो ।