७ असार २०८३, आइतबार

कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाइयो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।

मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाइएको कांग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन् । उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुनसक्ने बताएकी छन् ।

सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरी बोलाइएको छ ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।