२७ जेष्ठ २०८३, बुधबार

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई बुझाएको प्रतिवेदनमा उनको योग्यता अपर्याप्त रहेको बताएको थियो ।

छानबिन समिति बन्ने बित्तिकै निलम्बनमा परेका ओझा अब भने पूर्णरुपमा पदमुक्त भएका हुन् ।

ओझाको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् ।