२ असार २०८३, मंगलबार

एफपीसीएलाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था (एफपीसीए)लाई आर्थिक सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था एफपीसीएलाई आर्थिक सहयोग गरेको हो ।

वार्षिकरुपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोषविक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरेका हुन् । एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ । उनले अटिजम पीडित बालबालिका र व्यक्तिहरुलाई सामाजिक र आर्थिक रुपमा सहयोगको आवश्यकता रहेको बताए ।

‘जनचेतना र ज्ञानको अभावका कारणले हाम्रो समाजमा अटिजम बालबालिकालाई हेर्ने दृष्टिकोण फरक छ’, उनले भने, ‘यसको न्यूनीकरणमा आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्न जरुरी छ ।’

चेक बुझ्दै एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम पीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन् ।

विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डे–केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ । संस्थाले बालबालिकालाई व्यक्तिगत शिक्षा योजना अनुसारको पठनपाठन र विशिष्ट थेरापीको सेवा पनि दिने गर्दछ ।