२१ जेष्ठ २०८३, बिहिबार

एमालेको विधान अधिवेशनका लागि उदयपुरमा सुझाव संकलन सम्पन्न

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २ भदौ । नेकपा (एमाले) उदयपुरले पार्टीको आगामी भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने दोस्रो विधान महाधिवेशनको पूर्वतयारी स्वरूप विधान संशोधन प्रस्तावमाथि सुझाव संकलन सम्पन्न गरेको छ ।

एमाले उदयपुरका अध्यक्ष भागवत राउतको अध्यक्षतामा बसेको सातौं विस्तारित बैठकमा विधान संशोधन प्रस्तावका लागि सुझाव संकलन गरिएको हो । एमाले पोलिटब्युरो सदस्य तथा उदयपुर इन्चार्ज मन्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतका नेताहरुको उपस्थितिमा विधान संशोधन प्रस्तावका लागि सुझाव संकलन गरिएको हो ।

बैठकमा जिल्लाका आठ पालिकाका अध्यक्षहरुको नेतृत्वमा आठ टोली र सबै जनवर्गीय संगठनको तर्फबाट प्रेस चौतारी उदयपुरका अध्यक्ष अन्जनी कुमार अधिकारीको नेतृत्वमा एक टोली बनाएर जिल्लामा ९ वटा टोलीमार्फत विधान संशोधन प्रस्तावमाथिको सुझाव संकलन गरिएको हो ।

संकलित सुझावहरुमाथि पोलिटब्युरो सदस्य चौधरी, केन्द्रीय सदस्य थापा र कोशी प्रदेश कमिटीका उपाध्यक्ष चेम्जोङले आ–आफ्नो धारणा राखेका थिए ।