
काठमाडौं, २ भदौ । नाडा अटो शो २०२५ को पूर्वसन्ध्यामा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक वितरकले ‘युरोप टुर फर फ्यामिली’अफर सार्वजनिक गरेको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिएका छन् ।
यो स्किम नाडा अटो शो अवधिभरमा स्काईवेलको स्टल एच१२ मा भिजिट गरी स्काईवेलका मोडल बुकिङ गर्दा सपरिवार युरोप घुम्ने टुर एवम् युरोपमा स्काईवेल टेस्ट ड्राईभ गर्ने अफर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अफरमा नाडा शो अवधिमा बुकिङ गर्ने हरेक ग्राहकलाई एक थान ‘डाइमन्ड न्याकलेस’ क्लासिक डाइमन्ड न्युरोडबाट डिजाइन गरिएको प्रदान गर्ने साथै एक जना लक्की ग्राहकले रोलेक्स घडी जित्ने कम्पनीले जनाएको छ ।
एक्स्चेन्ज गरी नयाँ गाडी किन्ने ग्राहकलाई थप आकर्षक बोनस रकम प्रदान गरिने कम्पनीले बताएको छ । साथै, ८० प्रतिशतसम्मको न्युन ब्याजदरको लोन अफर र एक आर्थिक वर्षको कर सुविधा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जनाएका छन् ।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू–भागमा सहजै यात्रा गर्न सक्नेछन् ।
स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।








प्रतिक्रिया