५ असार २०८३, शुक्रबार

गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतको परमादेश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटमा भएको गौर हत्याकाण्डमा अनुसन्धान गरी मुद्दा दायर गर्न परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन आदेश दिएको हो।

२०६३ चैत ७ गते गौरमा भएको घटनामा तत्कालीन माओवादीका २७ कार्यकर्ताको हत्या भएको थियो। पीडित परिवारले जाहेरी दिए पनि छानबिन नहुँदा सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट दर्ता गर्ने त्रिभुवन साहलगायत पीडित पक्षले प्राप्त प्रतिवेदनका आधारमा दोषीमाथि मुद्दा चलाउन माग गरेका छन्।

२०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएका थिए । तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका हाल जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान माग गर्दै माओवादी कार्यकर्ता साहले रिट दायर गरेका हुन् ।