१७ असार २०८३, बुधबार

दुर्गा प्रसाईंद्वारा दल खोल्ने घोषणा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने भएका छन् । आज प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्।

‘वर्तमान शासन प्रणाली बमोजिम राजनीतिक दल गठन गर्नुपर्ने अनिवार्य छ। तसर्थ राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने।

उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।

‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।