विराटनगर, २ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको हितमा लाग्ने स्पष्ट पारेकी छिन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै भण्डारीले आफूलाई गुट चलाउन नआउने र एमालेको हितमा मत्रै लाग्ने बताएकी हुन् ।
उनले आफू एमालेकै सदस्य भएर राष्ट्रपति बनेको स्मरण गराउँदै पदबाट अवकाश लिएपछि पनि एमालेकै रहिरहेको दाबी गरिन् ।
उनले भनिन्, “म एमालेकै कार्यकर्ता हुँ, सदस्यता सम्बन्धी कुरा धेरै छलफल गर्न आवश्यक छैन ।”








प्रतिक्रिया