९ असार २०८३, मंगलबार

प्रधानमन्त्रीसँगको भेटमा भारतीय विदेश सचिवको ‘बसाइ’प्रति महेश बस्नेतको आपत्ति

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्वीरलाई लिएर नेकपा (एमाले)का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । तस्वीरमा मिश्री प्रधानमन्त्रीसँग भेट्दा उपरखुट्टी लगाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको छ ।

नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन । प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ ।’

उनले व्यक्तिगत सहजता देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउने उल्लेख गरेका छन् । कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउने बताएका छन् । ‘व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ । कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणमा छन् ।