१९ असार २०८३, शुक्रबार

‘हिन्दुकुश हिमालय संसदीय बैठक’ आजदेखि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका सांसदहरूबीच साझा धारणा बनाउन र समन्वय गर्न ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ आज सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुन लागेको बैठक आज र भोलि चल्नेछ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्राविधिक सहयोगमा हुन लागेको बैठकमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिहरूको सहभागिता रहनेछ । अफगानिस्तानलाई भने हालसम्म नेपालले मान्यता नदिएकाले आमन्त्रण गरिएको छैन ।

बैठकको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि तथा सभामुख देवराज घिमिरे विशिष्ट अतिथि रहनेछन् । उद्घाटनपछि जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता लगायतका विषयमा विभिन्न प्राविधिक सत्रहरू सञ्चालन हुनेछन् ।

आयोजक समितिका संयोजक वीरबहादुर बलायरले हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तनको असर, जोखिम र अवसरबारे गहन छलफल हुने बताए । विश्वव्यापी रूपमा जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता समस्या बढिरहेको सन्दर्भमा यस क्षेत्रका सांसदहरूलाई एउटै मञ्चमा ल्याएर साझा धारणा बनाउने प्रयास गरिने उनको भनाइ छ ।