३२ असार २०८३, बिहिबार

बीमा प्राधिकरणको अध्यक्षका लागि ओझा अयोग्य रहेको छानबिन समितिको निष्कर्ष

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा अयोग्य ठहर भएका छन्।

अनुभवका फर्जी कागजात बुझाएको आरोपमा छानबिनमा परेका ओझाका सम्बन्धमा मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले ‘अध्यक्ष बन्ने योग्यता नभएको’ निष्कर्षसहित प्रतिवेदन बुझाइसकेको हो।

अब समितिको सिफारिसबमोजिम ओझालाई पदबाट बर्खास्त गरी नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाउने तयारी छ। साथै योग्यता ढाँटेर नियुक्ति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचार मुद्दा दायर गर्ने बाटो खुलेको छ।

गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्वसदस्य कपिलदेव ओली सदस्य थिए। समितिले ओझाको कार्यक्षमता, आचरण, पदीय जिम्मेवारी र योग्यता–अनुभवका आधारमा अनुसन्धान गरेको थियो।