२२ जेष्ठ २०८३, शुक्रबार

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । काठमाडौं न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र २० प्रतिशत आईफोन र म्याकबुकका सामानहरुमा छुट पाउने भएका छन् । क्रेडिटकार्ड होल्डरहरुले इन्स्रट्रपे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । यो छुट सेवा सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ ।

सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठको संयुक्त हस्ताक्षर बीच सम्पन्न भयो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर रहेको छ । करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।