१० असार २०८३, बुधबार

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क संकलन १२.२६ प्रतिशतले बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा नौ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ सञ्चित रहेको उल्लेख छ ।

कम्पनीको बीमा कोष भने सामान्य अंकले घट्दै चार अर्ब २४ करोड ९० लाख रुपैयाँमा झरेको छ । बीमाशुल्क आर्जनतर्फ कम्पनीले एक अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो आवको तुलनामा १२.२६ प्रतिशतले बढी हो । बीमा दावी भुक्तानीतर्फ कम्पनीले समग्र दुई अर्ब ४६ करोड ३२ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।

त्यस्तै, लगानी, कर्जा तथा अन्य आयबाट कम्पनीले २५ करोड ४९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

विवरण अनुसार कम्पनीको कुल आम्दानी भने ६.७९ प्रतिशतले घट्दै दुई अर्ब १७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । कुल खर्च एक अर्ब ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको खुद मुनाफा भने थोरै घटेर ३६ करोड ४९ लाख रुपैयाँमा पुगेको छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ दुई पैसा रहेको छ ।