२० असार २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ भदौ । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको तुइन पुल नजिकै पुनः माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो हटाउनको लागि कार्यालयबाट २ वटा मेशिन पुगिसकेको र माथिबाट थप पहिरो नखसे करिब दुई घण्टाभित्र पहिरो हटाएर सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजनले जनाएको छ ।

वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने भएकाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।