३० असार २०८३, मंगलबार

दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धक पदमा आवेदन खुलेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । महाप्रबन्धकका लागि इच्छुक उम्मेदवारले २१ दिन अर्थात् भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरी ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।