१८ असार २०८३, बिहिबार

नागढुङ्गा सुरुङमार्गको ९३ प्रतिशत काम पूरा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले यो सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने र यसले काठमाडौं उपत्यका भित्रिने–निस्कने यात्रुहरूलाई सहजता दिलाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सुरुङको ९३ प्रतिशत काम पूरा भएको जानकारी दिएका छन् ।

‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

नागढुङ्गा मार्ग विगत लामो समयदेखि उपत्यका प्रवेश गर्ने मुख्य नाकामध्ये एक भए पनि सडक साँघुरो र घुमाउरो भएकाले हरेक दिन लामो जाम र सवारी चापको समस्या हुँदै आएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।