१२ असार २०८३, शुक्रबार

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

गत साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । यो आईपीओ खरिदका लागि आज बेलुका कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । यस आईपीओमा न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने कुल १ करोड ४५ लाख २० हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको छ ।

गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अब कम्पनीले आम सर्वसाधारणमा शेयर जारी गर्नेछ ।