२५ असार २०८३, बिहिबार

पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम सम्पन्न

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्त सञ्चार सेवामा भएको रक्तदान तथा कार्यक्रमा पर्वतबासी र काठमाडौंमा रहेका पर्वतबासी र रक्तदाताक‍ो उपस्थिति रहेको थियो ।

रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सबैलाई संस्थाको तर्फबाट अध्यक्ष गणेश शर्माले धन्यवाद व्यक्त गरे । कार्यक्रममा पर्वतबासी बीच परिचय र संस्थाको आजीवन तथा साधरण सदस्यता समेत प्रदान गरिएको थियो ।

कार्यक्रमममा पर्वतबासीलाई एउटै मालामा जोड्ने पवित्र अभियानको सफलताका लागि सहभागीहरुले शुभकामना व्यक्त गरेका थिए ।

पर्वतबासीबीच निकट परिचय, चिन्तन, सहयोग आदानप्रदान लगायतका काम गर्ने लक्ष्यसहित स्थापना भएको संस्था भएकाले पर्वतबासीको स्वतस्फूर्त उपस्थिति रहेको थियो ।

समाजका महासचिव टिकाराम कार्कीले संस्थाले संस्थाले सदस्यता विस्तारलाई पनि तीव्रताका साथ अगाडि बढाउँदै जाने र आगामी दिनमा समाजसेवा तथा पर्वतबासीबीच नियमित कार्यक्रम गर्ने जानकारी दिए । उनले यस संस्थाको सदस्य बनेर पर्वतबासी एकै ठाउँमा हुने अभियानमा जोडिन आह्वान समेत गरे ।