३० जेष्ठ २०८३, शनिबार

रिबन काट्ने विषयलाई लिएर विवाद हुँदा झडप, मेयरसहित पाँच जना घाइते

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३१ साउन । कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झडप भएको छ ।

धरहरी गाउँमा शनिबार आयोजित मेला उद्घाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवादपछि झडप भएको हो । झडपमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरी पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव, धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्यामविनय साह र रामविकास साह घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही–९ धरहरी टोलका ४० वर्षीय राधामोहन साह, ३५ वर्षीय विनोद साह र २२ वर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ ।

झडपमा घाइते भएका मेयर साहसहितको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भइरहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।