१७ असार २०८३, बुधबार

रवि लामिछानेलाई ल्याउनुअघि त्रिभुवन विमानस्थलको दृश्य (तस्वीरहरू)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ । उनलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मी, समर्थक र संचारकर्मीहरुको भीड लागेको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रवेशद्वारदेखि यात्रु आगमन क्षेत्रसम्म कडाइ गरिएको छ भने पत्रकार तथा सर्वसाधारणको आवतजावतमा समेत निगरानी बढाइएको छ ।