१५ असार २०८३, सोमबार

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले इन हाउस प्याथोलोजी, आउटसोर्सिङ परीक्षण, रेडियोलोजी, एम्बुलेन्स, सामान्य बेड शुल्क, आईसीयू/शल्यक्रिया शुल्क सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

अस्पतालसँगको यस सहकार्यले एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।