२४ असार २०८३, बुधबार

बागमती सरकारले पायो पूर्णता, आज को कुन मन्त्री बने ?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३० साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिएका छन् ।

बानियाँले आज पाँचजना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री बानियाँले यसअघि साउन २८ गते आठजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

आज सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझी पौडेललाई नियुक्त भएका हुन् ।

नियुक्त भएका सबै काँग्रेसका हुन् ।