२३ जेष्ठ २०८३, शनिबार

अदालतले आदेश दिए पनि रिहा हुन पाएनन् चक्रे मिलन, यस्तो छ कारण

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । अभद्र व्यवहारको कसुरमा काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन रिहा हुन भने पाएनन् ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उनीसँगै धरौटीमा छुटेका अन्य प्रतिवादी तत्काल रिहा भए पनि चक्रेलाई भने जिल्ला प्रहरी परिसर, काठमाडौंले भक्तपुरमा रहेको अर्को मुद्दाका कारण नछोडी भक्तपुर पठाइएको हो ।

भक्तपुर जिल्ला प्रहरीका अनुसार चक्रेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएकाले काठमाडौंबाट सीधै भक्तपुर ल्याइएको हो । साउन १५ गते उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेसनमा चक्रेसहित ४७ जनालाई मध्यराति महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिन पार्टीको क्रममा पक्राउ गरिएको थियो । तीमध्ये २८ जनालाई तत्कालै रिहा गरिएको थियो ।

(यसअघि तथ्य स्पष्ट हुनुअघि चक्रे मिलन धरौटीमा रिहा भइसकेको समाचार प्रकाशन भएकाले त्यसमा भएको त्रुटिप्रति हामी पाठकसमक्ष माफी माग्दै सच्चाएका छौँ ।)