काठमाडौं, २८ साउन । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि अदालतमा चलिरहेको मुद्दामा हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।
उनले अदालतको आदेश समेत मन्त्रीको निर्देशनमा रोकिएको दाबी गर्दै, उजुरीको ड्राफ्ट नै मन्त्रीको कार्यकक्षमा तयार भएको र न्यायाधीशलाई धम्क्याउने कार्य भएको बताएकी हुन् ।
उनले लेखेकी छिन्, मुद्दाको पेशी चढ्ने दिनमै न्याय परिषद्मा उजुरी पुर्याइन्छ, मिडिया ट्रायल गरिन्छ र आदेश दिने क्रममा अस्वाभाविक ढिलाइ हुन्छ। यस्तो अवस्थामा कुन न्यायाधीशले आफ्नो करियर दाउमा राखेर सही फैसला गर्ने ?” ।
उक्त स्टाटसमा उनले प्रधानमन्त्री, कानुन मन्त्री र गृहमन्त्रीको सिधा फोन जाने, न्यायाधीश सरुवा–बढुवाको दबाबमा रहनेजस्ता कुरा सुनेको र अब आफैं अनुभव गरेको पनि उल्लेख गरेकी छिन् । सर्वोच्च अदालतको नजिर विपरीत लामिछानेलाई थुनामा राखिएको उल्लेख गर्दै व्यक्ति हेरी फरक–फरक न्याय दिने समाजमा को बस्न चाहन्छ ?” भन्दै आक्रोश व्यक्त गरेकी छन्।
उनले अब उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने बताउँदै अन्तिमसम्म लड्ने उल्लेख गरेकी हुन् ।









प्रतिक्रिया