२१ असार २०८३, आइतबार

रास्वपाको महामन्त्री दाबी गर्दै मुकुलले दायर गरेको रिट खारेज

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफ्नो पद बहाल गराउन माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्चको यो निर्णयसँगै ढकालको पुनः पार्टी फर्कने कानुनी सम्भावना समाप्त भएको छ।

न्यायाधीश नहकुल सुबेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार उक्त रिट खारेज गर्ने आदेश दिएको हो।

रास्वपाले आफूलाई महामन्त्री पदबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै ढकालले सर्वोच्चमा रिट दर्ता गरेका थिए।