काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुशासनको महाअभियान सञ्चालन गर्न आवश्यक भएको बताएका छन्।
राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखी भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीविरुद्ध कठोर कदम चाल्न सरकार जिम्मेवार रहनुपर्ने बताए।
उनले स्वच्छता, पारदर्शिता र सहज सेवा प्रवाह नागरिकको हक भएको उल्लेख गर्दै राज्यका सबै निकाय त्यसको कार्यान्वयनमा सक्रिय हुनुपर्नेमा जोड दिए।
भ्रष्ट आचरण वा पथभ्रष्ट भएका व्यक्तिले पदमा बसे पनि सम्मान नपाउने चेतावनी दिँदै उनले भने, “विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्, मेरै कमजोरी देखिए पनि आएर भन्नुस्, मेरो नाम भजाएर कसैले गलत काम गराउन खोजे भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस्।”








प्रतिक्रिया