२५ जेष्ठ २०८३, सोमबार

रवि लामिछाने उच्च अदालत जाने

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २६ साउन । रुपन्देही जिल्ला अदालतले बिगो रकम बुझाउँदा पनि रिहा नगरेपछि राष्ट्रिय स्व्तन्त्र पार्टीका सभापति रवि लामिछाने पुनरावेदनमा जाने भएका छन् ।

आज भैरहवा कारागारमा लामिछानेले बिगो बुझाएर रिहा गर्न माग गर्दै गरेको निवेदन अस्वीकार गरेपछि उच्च अदालत जाने भएका हुन् ।

लामिछानेकोतर्फबाट महेन्द्र पाण्डे, राजेन्द्र थापा, नारायण कंडेलले बहस गरेका थिए । आदेशपछि अधिवक्ता महेन्द्र पाण्डेले अदालतबाट आएको आदेशप्रति कुनै टिप्पणी नभएको तर लामिछानेप्रति अन्याय भएको प्रष्ट आधारहरु देखिएको बताएका छन् ।

उनले अब यसबाट उच्च अदालतमा जानुपर्ने जनाएका छन् । ‘आदेश अदालतले गर्नु आफ्नो ठाममा छ, अब थप बाटोको अवलम्बन हुन्छ । उच्चमा जानुको विकल्प छैन’, उनले भने ।