१८ कार्तिक २०८३, बुधबार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

यस्तै, कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका केही र मधेश प्रदेश लगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।