
काठमाडौं, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघले ३१औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा बृहत् र्याली निकालेको छ । पहिचानसहित विभिन्न माग राख्दै उनीहरूले र्याली निकालेका हुन् । भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, शहीदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो ।
र्यालीमा आदिवासी जनजातिहरूले आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित भएका थिए । विश्व आदिवासी दिवस अगस्ट ९ मा मनाइन्छ ।













प्रतिक्रिया