
काठमाडौं, २४ साउन । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित कारागारमा रहेका कैदीबन्दीहरु बीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार झडपका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनले भने, ‘हिजो राति कैदीबन्दीबीच झडप भएको थियो । झडपमा परि धनगढी उपमहानगर वडा नं ४ घर भएका कैदीबन्दी भरत चौधरीको चाँही मृत्यु भइसकेको छ । ४७ जना घाईते छन् । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।’
कैदीबन्दीहरु बीच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।








प्रतिक्रिया