२५ असार २०८३, बिहिबार

तिर्थालुको आकर्षणमा त्रिवेणी पाटन (तस्वीरहरु)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले बडिमालिका जाने र आउने भकतालुहरुलाई लोभ्याउँछ । त्रिवेणी पाटक ‘भूस्वर्गको’ नै भएको अनुभूति तिर्थालुले गर्छन् । सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन् । पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो ।

त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ । पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । त्यसैले बडिमालिका जाने तिर्थालुहरुले जाँदा र आउँदा त्रिवेणीमा नुहाएर पूण्य कमाउने विश्वास गर्छन् । अछाम, बाजुरा र कालिकोटबाट नजिक पर्ने त्रिवेणी पाटन पछिल्ला दिनमा बडिमालिका बाहेकको समयमा पनि पर्यटकको रोजाईमा पर्दै गएको छ ।

तस्वीरहरु: खगेन्द्र भट्टराई