हेटौँडा, २० साउन । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुुर बानियाँसहित अन्य ८ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्।
यी हुन् नवनियुक्त मन्त्रीहरू–
- दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री (एमाले)
- जयराम थापा, श्रम तथा रोजगार (एमाले)
- भरतबहादुर केसी वन तथा वातावरण (एमाले)
- मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री (एमाले)
- विन्दु श्रेष्ठ, उद्योग मन्त्री (एमाले)
- किरण थापा मगर, स्वास्थ्य मन्त्री (एमाले)
- कृष्णकुमार तामाङ, खानेपानी मन्त्री (नेपाली काँग्रेस)
- शिवराज अधिकारी, मन्त्रालय तोक्न बाँकी (नेपाली काँग्रेस)
- मुख्यमन्त्री बनियाँले पाँच मन्त्रालय आफूसँगै राखेर पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।








प्रतिक्रिया