
हेटौंडा, २० साउन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज बिहान १० बजे बस्दैछ ।
एमालेले नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउन बैठक बस्न लागेको हो ।
बैठकले एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने निर्णय गर्ने र ६ जना मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ ।












प्रतिक्रिया