१० असार २०८३, बुधबार

दुई संसदीय समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । आज संघीय संसदअन्तर्गत दुई समितिको बैठक बस्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान १० बजे बस्ने तय भएको छ । साथै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।