१८ कार्तिक २०८३, बुधबार

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उतीर्ण भएका सबै विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएकी छन् ।

एक सन्देशमार्फत उनले विद्यार्थीसामु आएको यो सफलताको श्रेय उनीहरूको परिश्रम, लगनशीलता र आत्मविश्वासलाई दिँदै भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् ।

पूर्वराष्ट्रपतिले परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई पनि सान्त्वना दिँदै असफलतालाई अन्त्य नभई नयाँ सुरुवातको अवसरका रूपमा लिन आह्वान गरिन् । “अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतले भविष्यमा सफल परिणाम हासिल गर्न सकिन्छ,” उनले भनिन् ।

शिक्षा जीवनको मेरुदण्ड भएको उल्लेख गर्दै भण्डारीले विद्यार्थीहरूले ज्ञान, सीप र अनुशासनमार्फत आफ्नो जीवन उज्यालो बनाउने विश्वास पनि व्यक्त गरिन् ।