१८ कार्तिक २०८३, बुधबार

उदयपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १९ साउन । उदयपुरमा मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित जोगिटोलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट सुनसरी तर्फ जाँदै गरेको प्र ३–०१–००६ ख ०५६१ नम्बरको चिसो पेय पदार्थ रेडबुल बोकेको ट्रकले रौतामाई गाउँपालिका ०७ का अन्दाजी ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

दुर्घटनामा ट्रकका सहचालक दोलखा जिल्ला कालिन्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा चोट लागेर घाइते भएको र उनलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक चालक काभ्रेको बनेपा नगरपालिका–१४ का नवराज राउतलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।